राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ फागुन २१ गते
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १७, बिहिबार
काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको सपथ यही फागुन २१ गते हुने भएको छ।
गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूको सपथ फागुन २१ गतेका लागि राखिएको संघीय संसद् सचिवालयले जनाएको छ।
उनीहरूको सपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन आग्रह गरिएको छ।
Categorized in राजनीति

