STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि

Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

काठमाडौं - राष्ट्रिय सभा निर्वाचनको लागि आजदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ ।

मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्‍जाल, अनलाइन, छापा, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट नहुने आयोगले बताएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

Categorized in राजनीति