STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रास्वपाबाट डा. स्वर्णिम वाग्लेको तनहुँ – १ मा उम्मेदवारी दर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २०, सोमबार

काठमाडौँ – आगामी वैशाख १० गते तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका सभापति रवि लामिछाने पनि डा. वाग्लेको मनोनयन दर्ताका क्रममा उपस्थित थिए । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

केही दिनअघिमात्र कांग्रेस छाडेका डा. वाग्लेले तनहुँ १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।

Categorized in राजनीति