रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २२, शुक्रबार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। उनले अव आफ्नो पार्टी सशक्त र रचनात्मक प्रतिपक्षीमा बस्ने जानकारी दिए।
हालै सम्पन्न उपनिर्वाचनबाट पनि आफ्नो पार्टीलाई प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएको उनले बताए। लामिछानेले मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न गर्ने खेलमा नलाग्ने तर परिस्थीतिको मूल्याङ्कन गरेर आवश्यक भूमिका निर्वाह गर्ने उल्लेख गरे।
उनले सरकारमा सहभागी हुँदा बनाइएको साझा कार्यक्रम पनि कार्यान्वयन हुन नसकेको बताए। लामिछानेले एमालेबाट आफुलाई प्रधानमन्त्री बन्नको लागि कुनै प्रस्ताव नआएको प्रष्ट पारे। त्यस्तै लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा आफु सरकारमा हुदा नै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको जानकारी दिए।
Categorized in राजनीति

