STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १४, बुधबार

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्। 

सभापति लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो। खरेलले स्पष्टीकरण नदिई पार्टीबाट राजीनामा दिएको पत्र पठाइदिएका हुन्। 

खरेलले राजीनामा पत्रमा पछिल्लो समयको परिवर्तन पार्टीको सिद्धान्त र लक्ष्यसँग तादात्यता नमिलेको भन्दै स्पष्टीकरण दिनुभन्दा पार्टी नै छाड्ने निर्णयमा पुगेको जनाएका छन्। 

उनले राजीनामा दिनुको कारणको विस्तृत विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बताएका छन्। खरेल रास्वपाको कुनै जिम्मेवार पदमा थिएनन्।  तर पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा उठेर उनी पराजित भएका थिए। त्यसपछि उनी रास्वपामा सक्रिय थिएनन्।

उनले रास्वपाको केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरेका थिए। उनैबाट सभापतिको आलोचना भएपछि अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो। 

Categorized in राजनीति