STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ १८, मंगलबार

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए । 

‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, बैठकपछि परियारले भने । 

Categorized in राजनीति