रुकुमको दलित नरसंहारविरुद्ध आन्दोलन चर्कियो
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १५, बिहिबार
काठमाडौं – पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध रुपन्देहीमा आन्दोलन चर्किएको छ ।
बुधबारबाट स्वतःस्फूर्त रुपमा सुरु भएको नरसंहारविरुद्धको प्रदर्शनको दोस्रो दिन बिहीबार पनि विभिन्न संघसंस्था, मानव अधिकारवादी तथा दलित नागरिक अभियानले छुटाछुट्टै रुपमा प्लेकार्डसहितको विरोध प्रदर्शन गरेका हुन ।
बुटवलको पुष्पलाल पार्कमा बिहीबार विहान स्वतःस्फूर्त रुपमा दलित नागरिक अगुवा, मानव अधिकारकर्मीको सहभागितामा जाजरकोटका नवराज विक लगायतको हत्यामा संलग्नलाई कारवाही र छानविनको माग गर्दै प्लेकार्डसहितको विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनीमा वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता एव कोभिड–१९ नागरिक सरोकार अभियानका पदम कार्की, समाजवादी पार्टीका नेता यज्ञ पोखरेल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य रीता बुढाथोकी, तिलक नेपाली, दलित अभियान्ता नरबहादुर सुनारले सम्बोधन गर्दै दलित समुदायमाथिको उत्पीडन सहन नसक्ने भन्दै सरकारलाई घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरे ।
Categorized in राजनीति


