STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुपन्देही उद्योग सङ्घमा बोहरा

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १, शुक्रबार

रुपन्देही उद्योग सङ्घको २१औँ अधिवेशनबाट बाबुराम बोहराको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सङ्घको बिहीबार निर्वाचन भएको थियो । आज सम्पन्न मतगणनाअनुसार बोहराको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको बरिष्ठ उपाध्यक्षमा माधवप्रसाद शर्मा, प्रथम उपाध्यक्षमा दिलीप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली, एशोसिएट सदस्यमा सुमन बस्याल र मोहनीलाल रिजाल, संस्थागत सदस्यमा अशोक कुँवर, सेवामूलक सदस्य लालहरि पाण्डे यसअघि नै सर्वसम्मत हुनुभएको थियो । महासचिवमा जीवकान्त काफ्ले, कोषाध्यक्षमा हरिबहादुर खत्री, सचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मायादेवी खनाल, सहकोषाध्यक्षमा गिरिराज गैरे, महिला सदस्यमा मञ्जु भुषाल र रमा पौडेल पराजुली तथा सदस्यमा यादव गैरे, ऋषिराम भण्डारी, विशाल बेलबासे, यमलाल भट्टराई, खड्गबहादुर कुँवर, सरला भण्डारी, माधवप्रसाद नेपाल, सुरेन्द्र ज्ञवाली, सन्दीप सापकोटा, युवराज आचार्य, नारायण पाठक, प्रेमबहादुर आले, लालबहादुर थापा, वसन्त ढकाल र रमेशचन्द्र रेग्मी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता यमलाल खनालले जानकारी दिनुभयो । निर्वाचनमा ७११ मत खसेको थियो ।
Categorized in राष्ट्रिय