STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुपा सापकोटाले जितिन् साधना अनलाइन ट्यालेन्ट हन्ट २

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

विजयरत्न असंबरे


नेपालको सांगीतिक र साँस्कृतिक क्षेत्रमा लामो समयदेखि कृयाशिल संस्था साधना कला केन्द्र द्वारा आयोजना गरेको साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ प्रतियोगिता रुपा सापकोटाले जितेकी छिन् । देश विदेशवाट ८ सयभन्दा बढीको सहभागिता रहेको साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ मा सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै ललितपुरकी रुपा सापकोटा प्रथम बनेकी हुन्। विजयी प्रतिभावान सापकोटालाई नगद २५ हजार सहित साधना कला केन्द्रको एक बर्षको ब्रान्ड एम्बाएस्डर पनि घोषित गरिएको छ। त्यसै गरी सो प्रतियोगितामा ममता तामाङ फस्ट रनरअप र मञ्जिल श्रेष्ठ सेकेण्ड रनरअप बनेका छन् । सो प्रतियोगितामा जिग्मे छ्योकी घिसिङले जुरी अवार्ड , बिमल रुसाल र निशान्त रत्न तुलाधरले कन्सोलेसन प्राईजब , सुमन शाक्यले पब्लिक च्वाईस अवार्ड , रोबिन्सन कँसाकारले पपुलारिटी अवार्ड , दिपाली सोनीले एड्माईरेसन अवार्ड , ईभा न्यौपानेले चाईल्ड आर्टिष्ट अवार्ड र शिशिर थापाले पर्फर्मेन्स अवार्ड प्राप्त गरेका छन् । पुरस्कार विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरस्कार तथा सम्मान–पत्र वितरण गरेका थिए। कार्यक्रममा आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक तथा प्रमुख मिलन मोक्तानले कोरोनाभाइरस (कोभिड–१९) का कारण भएको लकडाउनको बन्दाबन्दी अवस्थामा सिर्जनात्मक कार्य गर्न र गराउने सोचबाट थोरै रकमको भएपनि प्रतिस्पर्धात्मक अनलाइन गायन प्रतियोगिता गरेको बताए भने यसमा बरिष्ठ गीतकार डा.कृष्णहरि बराल, संगीतकार किशोर गुरुङ, संगीतज्ञ दीप तुलाधर र सुरसुधाका सुर सुरेन्द्र श्रेष्ठ रहेको निर्णायक मण्डलले विजेता घोषणा गरिएको थियो। पुरस्कार वितरण समारोहमा आयोजक साधना कला केन्द्रले दोश्रो सिजनको साधना अनलाइन हन्ट २०७७ को शुभारम्भ भएको पनि घोषणा गरिएको छ भने दोश्रो सिजनमा पनि पहिलोको जस्तै व्यापक सहभागिता हुने आशा तथा विश्वास आयोजक साधना कला केन्द्रका प्रवन्ध निर्देशक आशा गौतमले गरिन् ।

Categorized in सिनेमा