STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुसले फेरि गर्‍यो पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २१, बिहिबार

एजेन्सी - पूर्वी युक्रेनको एक बजारमा रुसले आक्रमण गर्दा १६ जनाको मृत्यु भएको छ।

अहिले रूसी आतङ्ककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको हत्या गरेको छ। आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ती बजारमा व्यस्त रहेको बजारमा भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्री डेनिस श्मीगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन्। छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि भाग दौडिरहेको देखिन्छ।

Categorized in अन्तर्राष्ट्रिय