रेणु यादवले दिइन् राजीनामा
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३०, बिहिबार
काठमाडौं - जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । नेतृ यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताउँदै राजीनामा दिएकी हुन्।
उनले पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले आजकै मितिदेखि लागु हुने गरी पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको उनले अध्यक्ष उपेन्द्र यादवलाइ बुझाएकाे राजीनामा पत्रमा उल्लेख गरेकी छिन्।
यादव पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट रहेकी थिइन् ।
Categorized in राजनीति


