STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रोल्पाको आइसोलेसनमा एक युवकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ५, सोमबार

काठमाडौं – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । काठमाडौबाट आइतबार राति ती युवक रोल्पा पुगेका थिए । ती युवक लामो समयदेखि मृगौला रोगी रहेका थिए । काठमाडौंस्थित शिक्षण अस्पतालबाट डायलसिस गरेर रोल्पा गएको जनाइएको छ । टिचिङ अस्पतालबाट पुगेको र खोकी समेत देखिएकोले ती युवकलाई आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमै ती युवकको मृत्यु भएको हो । मृत्युपछि कोरोनाको आशंकामा मृतकको स्वाब परीक्षणको लागि तयारी भइरहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय