लकडाउनकाे जिम्मा स्थानीय तहलाई
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार
काठमाडौं – सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ ।
बिहीबार मन्त्रिपरिषिद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने स्पष्ट पारेका छन् ।
कतिपय स्थानमा कडाई पनि गर्नुपर्ने र कतिपय अवस्थामा खुकुलो पनि गर्नुपर्ने अवस्था रहेकाे जनाउँदै खतिवडाले संक्रमणको अवस्था शून्य भए खुकुलो गर्ने तर संक्रमण बढेको स्थानमा कडाइका साथ लकडाउन गरेरै जानुपर्ने बताए ।
मन्त्री खतिवडाले जिल्ला प्रशासन कार्यालयले आवश्यकता हेरेर लकडाउन गर्न सक्ने बताउँदै अहिले पनि संक्रमित भएको स्थलमा सातदेखि दश दिनसम्म स्थानीय रुपमा बन्दाबन्दीको अवस्था रहेको बताए । उनले पहिलेजस्तो लकडाउन गर्ने सोचाईमा सरकार नरहेको प्रष्ट पारे ।
उनले अहिले बढेको संक्रमणको जोखिमले अति उद्दार भएर सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताए ।
Categorized in राजनीति