लकडाउन सम्बन्धमा प्रधानमन्त्रीले लिए विज्ञसँग सुझाव
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधबार साँझ छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञसँगको छलफल चार घण्टासम्म चलेको थियो।
‘प्रधानमन्त्रीज्यूले आज आयोजना गर्नुभएको विभिन्न क्षेत्रका विज्ञसँगको परामर्श बैठक सम्पन्न भएको छ’, छलफलपछि थापाले भने, ‘करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको छ।’
विभिन्न क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्तालगायत २५ जना सहभागी भएको थापाको भनाइ छ।
बैठकमा विभिन्न क्षेत्रका विषय विज्ञसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागीता थियो।
Categorized in राजनीति