STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लता केसीलाई लघुकथा सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र ६, बुधबार

१६औं लघुकथा दिवसका अवसरमा ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८०’ बाट लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीलाई सम्मान गरिएको छ ।

सर्वनाम नाट्यशालामा आयोजित श्रीबाबु कार्कीद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, लघुकथा समाजका संस्थापक अध्यक्ष एवं स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले केसीलाई सम्मान तथा पुरस्कार अर्पण गरे। उक्त कार्यक्रममा समाजका सल्लाहकार, समीक्षक प्राडा‍‍‍‌. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, वरिष्ठ नाटककार अशेष मल्ल, पुरस्कार दाता ब्राह्मणका सुपुत्र मनोज शर्मा लगायत मुरारि सिग्देल, समालोचक डा. शेखरकुमार श्रेष्ठ लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा लघुकथा समाज, कोशी प्रदेशका तर्फबाट अध्यक्ष ममता मृदुलले पाक्षिक रूपमा सञ्चालन गरेको लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारहरूलाई पनि सम्मान गरेको थियो ।

दोस्रो चरणमा लघुकथाकार लता केसीको दुई लघुकथा ’दृश्य’ र ’विधवा’ मञ्चन गरिएको थियो।

Categorized in साहित्य-कला