STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरका मेयर उम्मेदवार चिरीबाबुविरुद्ध उजुरी

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १३, मंगलबार

काठमाडौं - ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका चिरीबाबु महर्जनविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

महर्जनले नेपाली कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिएका थिए । उनी अघिल्लो स्थानीय तहको चुनावमा पनि ललितपुर महानगरको मेयरमा निर्वाचित भएका थिए ।

महर्जनविरुद्ध बेरुजुसम्बन्धी उजुरी परेको हो । महर्जनको कार्यकालमा बेरुजु रहेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

महर्जनविरुद्ध परेको उजुरीका सम्बन्धमा निर्वाचन अधिकृतको कार्यालयले भोलि छानबिन गर्ने भएको छ ।

Categorized in राजनीति