STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरको मोबिल स्टोरमा आगो लाग्दा ५ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २३, आइतबार

काठमाडौं- ललितपुरमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।  

आइतबार दिँउसो ललितपुर महानगरपालिका वडा नं १७ स्थित बाफल भन्ने स्थानमा आगलागी भएको हो। 

मोबिलको स्टोर भएको टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराजले जानकारी दिए। 

घाइतको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको उनले बताए। 

‘मोबिल राखिएको स्टोर भएको टहरोमा आगलागी भएको हो,’ उनले भने, ‘तीन बालबालिकासहित ५ जना घाइते रहेका छन्, उनीहरुको किष्ट अस्पतालतमा उपचार भइरहेको छ।’ 

उनका अनुसार बिहान १० बजेको समयमा त्यहाँ आगलागी भएको थियो। 

मोबिल सल्किएको आगो नियन्त्रणका लागि पानीले मात्र सम्भव नभएपछि केमिकलको समेत प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ। त्यहाँ ५ वटा दमकलको प्रयोग गरेर आगो निभाउन थालिएको उनले बताए। 

Categorized in अपराध-दुर्घटना