STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरमा बालक्लब रनिङशिल्ड हाजिर जवाफ शुरु

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ६, सोमबार

ललितपुर महानरपालिका–२० को आयोजनामा  वडास्तरीय बालक्लब रनिङशिल्ड हाजिरजवाफ प्रतियोगिता शनिबार  नटोल स्थित जलविनायकमा शुरु भएको छ ।

ललितपुर महानरपालिका–२० को वडास्तरीय बालक्लबले आयोजना गरेको सो प्रतियोगिताको उपमेयर मञ्जली शाक्य (आस्था) ले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उपमेयर शाक्यले बालबालिकाको क्षमता विकास, अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि यस किसिमका रचनात्मक क्रियाकलाप अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो। रचनात्मक क्रियाकलाप बिनाको पढाई एंकागी रहने विचार व्यक्त गर्दै महानगरपालिकाले बालबालिकाको विकासको कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा नगरस्तरीय बाल क्बलका अध्यक्ष युसा शाक्यले दक्ष जनशक्ति निर्माणका लागि बालबालिकाहरुलाई बालक्लबमा आबद्ध गराउनुपर्ने खाँचो औंल्याउनुभयो ।

२० वडास्तरीय बाल क्लबका अध्यक्ष अनिश महर्जनले जनप्रतिनिधिहरुले राज्यका उच्च ओहोदामा बस्ने मानिसहरु सहभागी हुने कार्यक्रमलाई मात्र प्राथमिकतामा राख्न नहुने भन्दै बालबालिकाको कार्यक्रम विशेष महत्वका साथ लिन आग्रह गर्नुभयो। अध्यक्ष महर्जनले बालबालिकाको सामाजिकरणको र क्ष्ँमता विकासको लागि बालक्लबको भूमिका र सक्रियता महत्वपूर्ण रहेको पनि धारणा राख्नुभयो ।

प्रतियोगितामा १२ देखि १८ वर्षका २१ समूहको सहभागीता रहेको क्बलका सचिव सनिल डंगोलले बताउनुभयो। चार वटा चरणमा भएको प्रतियोगिताबाट फाईनलमा प्रवेश गरेका चार वटा समूहहरुबीच असार ११ गते शनिबार प्रतिस्पर्धा हुने पनि क्लबले जनाएको छ।प्रतियोगिताको क्विजमास्टरमा बाल क्लबको संगठन बनाउन सहजीकरण गर्दै आउनुभएका राजन महर्जन,प्रणीता शाक्य, विपिन शिल्पकार रहनुभएको थियो।

Categorized in उपत्यका