STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरमा वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २९, आइतबार

ललितपुर महानगरपालिका वडा ८ भोलढोकाका महिलाहरुको समूह भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न उमेर समूहका ३० प्रशिक्षार्थीहरुको सहभागितामा सम्पन्न उक्त प्रशिक्षण ललितपुर महानगरपालिका वडा ८ को सहयोगमा भएको थियो ।

प्रशिक्षण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुहुँदै “१० दिन सिकेर धेरै अनुुभवीसरह मन्तब्य राख्नु तथा ब्यवस्थित कार्यक्रम संचालनको शैली तथा आत्मविश्वासले आफू प्रभावित भएको” बताउनुभयो । उहाँले वडामार्फत सीप विकासका लागि हुने प्रशिक्षणहरुको प्रभावकारिता बढाउन यस्तै अन्य कार्यक्रम आयोजनामा वडाको सदा साथ रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

भोलगणेश महिला समूहकी अध्यक्ष रमिला बज्राचार्यको सभापतित्वमा भएको समापन समारोहमा प्रशिक्षक सुरजबीर बज्राचार्यले “जीवनको प्रत्येक अवधि एवं चुनौतीले ज्ञान दिने उल्लेख गर्नुहुँदै जति चुनौती बढ्छ त्यति हामीमा भएको सीप परिपक्व हुन्छ” भन्नुुभयो । १० दिनको प्रशिक्षण अवधि मात्र आफ्नो जिम्मेवारी नभइ हरक्षण आवश्यकता पर्दा आफू प्रशिक्षकका रुपमा सदा साथ रहने भनाइ उहाँको थियो । 

कार्यक्रममा प्रशिक्षार्थीहरु इन्दुु तामाङ, रमिला महर्जन, सुरक्षा बज्राचार्य, सानुमैया महर्जन, विमला बज्राचार्य, लिजा महर्जनले आ–आफ्नो प्रशिक्षण लिँदाको अनुुभव मन्तब्य राख्नुभएको थियो । प्रशिक्षणका क्रममा भएको गरेको मेहेनतले सीप एवं शैलीमा आएको परिवर्तनले हौसला उहाँहरुको भनाइ थियो । 

कार्यक्रममा भोलगणेश महिला समूहकी उप–सचिव शर्मिला महर्जनले स्वागत मन्तब्य राख्नुभएको थियो भने धन्यवाद ज्ञापन समूहकी कोषाध्यक्ष रमा श्रेष्ठले गर्नुभएको हो । 

आयोजक समूहले सहयोगी ललितपुर महानगरपालिका वडा ८ लाई मायाको चिनो प्रदान गरेको थियो भने प्रशिक्षक सुरजबीर बज्राचार्यलाई मायाको चिनोका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो ।

अर्लि किड्स होममा आयोजना भएको समापन समारोहमा ८ वडाकी सदस्य विमला महर्जन, भोलढोका टोल विकास संस्थाका अध्यक्ष किरण श्रेष्ठ, समूहका सल्लाहकारहरु अमिता बज्राचार्य, शारदा चित्रकार अतिथिका रुपमा उपस्थित थिए ।

महिला समूहले विभिन्न कार्यक्रम आयोजना, संचालन, मन्तव्य राख्ने तथा कार्यक्रम व्यवस्थापन मा सहजताका लागि प्रशिक्षण आयोजना गरिएको समूहकी अध्यक्ष रमिला बज्राचार्यले बताउनुभयो ।

Categorized in उपत्यका