ललितपुरमा स्थानीय चुनावमा तिब्र प्रतिस्पर्धा हुने
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३, शनिबार
स्थानीय निकायको चुनाव नजिकिंदै जांदा ललितपुर महानगरपालिकाका बिभिन्न वडाहरुमा भित्र भित्रै चुनावी माहौल तातिंदै छन । वडा हांक्नकालागि बहालवाला जनप्रतिनिधिहरु तयारी गरिरहेका छन् । यसैबीच ललितपुरका अधिकांश वडाहरुमा इकाइ नेताहरु आफ्नै जनप्रतिनिधि बिरुद्व मोर्चाबन्दि गरिरहेका छन् । इकाई नेताहरु जनताका आवाज सुन्न छोडेर आफ्नै आसेपासेहरुलाई चुनावी टिकटका लागी एकआपसमा बिरोध गर्दै छन् भने केहि स्थानहरुमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
बिगतमा ललितपुरको बिभिन्न वडाहरु मध्ये जनता बीच प्रचारमा आएको एउटा वडा १६ नं वडा हो । एमालेबाट वडा सदस्यमा निर्वाचित सुप्रभा शाक्यले सर्वसम्मत रुपबाट यसपटक भने वडा नं १६को लागी वडा अध्यक्षमा टिकट पाउने निश्चित भैसकेको बताइन्छ भने राप्रपाको तर्फबाट बिसन्तर शाक्यको नाम घोषणा भैसकेको छ । यस्तै गरी नेपाली कांग्रेसबाट भने बहालवाला वडा अध्यक्ष निर्मलरत्न शाक्यले टिकट पाउने निश्चित भएको चर्चा छ ।
यसै बीच राप्रपाका सर्वसम्मत वडा अध्यक्ष उम्मेदवार बिसन्तर शाक्यले विगतका जनप्रतिनिधिहरुको कृयाकलापको तिब्र बिरोध गर्दै पहिलाको जनप्रतिनिधिहरुले के गरे के गरेन भन्ने कुरा जनताले मुल्यांकन गरिरहेका छन् र बिशेष गरि वडाको लागि आएको बजेट अन्यत्र नै गएको भन्दै १६ वडाका जनता ठगिएको प्रति अाफु सचेत भएको बताउँछन् ।
यसरी यसपटक ललितपुर महानगरपालिका वडा नं १६ मा कांग्रेस , एमाले र राप्रपा बीच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ ।
यस्तै गरी मेयर पदकोलागि बहालवाला चिरिबाबु महर्जन लगायतं नेपाली कांग्रेसले शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, अनन्तप्रकाश श्रेष्ठ को साथमा बहालवाला उपमेयर गीता सत्यालको नाम सिफारिसमा परेको बताइन्छ ।
Categorized in उपत्यका

