STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरमा स्थानीय तहले शुरु गर्यो योग साधना केन्द्र

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण ७, शनिबार

ललितपुरमा स्थानीय तहले आम मानिसको सुस्वास्थ्यलाई ध्यानमा राख्दै  योग साधना केन्द्र शुरु गरेको छ । यसैक्रममा ललितपुर महानगरपालिका १६ वडाले योग साधना केन्द्र संचालन आरम्भ गरेको हो । केन्द्रका अध्यक्ष एवं संंरक्षक वडा १६ अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत मन्तव्य राख्नुहुँदै वडा स्तरमा पहिलो पल्ट योग साधना केन्द्र संचालन भएको उल्लेख गर्नु भयो र यस कार्यलाई सार्थक बनाउने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

योग साधना केन्द्रको शुभारम्भ समारोहकै अवसर पारी वडा १६ ले संचालन गरेको ५ दिने योग शिविरको समापन  पनि  गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री कमलप्रसाद घिमिरेले स्थानीय तहले योग साधना केन्द्रको थालनी गर्नु सुखद् रहेको उल्लेख गर्नुहुँदै अन्य स्थानीय तहसँग पनि यो अभियान अघि बढाउन छलफल भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा अतिथिका रुपमा पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री शारदा रिमाल, पतञ्जली योग समिति ललितपुर जिल्ला अध्यक्ष जोहन गोपाल कायस्थ लगायतको उपस्थिति रहेको थियो ।

पतञ्जली योग पीठको शाखाका रुपमा संचालन हुने १६ वडा योग साधना केन्द्रको पदेन सदस्यमा वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, मदन महर्जन र बबिता श्रेष्ठ रहेका छन् । विक्रम शाक्यको संयोजकमा संचालन हुने योग शिविरको सह–संयोजक दिनेश शर्मा, सचिव विणा शाक्य, सह–कोषाध्यक्ष दानशोभा शाक्य, ज्येष्ठ सदस्य अशोक श्रेष्ठ, युवा सदस्य विनोद बज्राचार्य, सदस्य नन्दकिशोर श्रेष्ठ, रोजन बज्राचार्य, दिनेश डंगोल रहेका छन् ।

योग ललितपुर महानगरपालिका १६ वडा बालिफलमा रहेको अशोक पार्टी प्यालेसमा सञ्चालन हुनेछ । यसका लागि प्यालेसले निःशुल्क हल एवं पार्टी प्यालेस परिसर उपलब्ध गराउँदै आएको छ ।

Categorized in साहित्य-कला