STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरमा १६ वडाका महिलाहरुलाई उद्घोषण प्रशिक्षण

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ १०, मंगलबार

ललितपुर महानगरपालिका १६ वडाको तत्वावधानमा महिला केन्द्रित उदघोषण तालिम सम्पन्न भएको छ । वडाका अध्यक्ष निर्मलरत्न शाक्यले उदघोषण तालिममा सहभागी प्रशिक्षार्थीहरुमा आएको परिवर्तनले आफू उत्साहित भएको बताउनु भएको छ । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा भएको १५ दिने उद्घोषण तथा ३ दिने प्रस्तावना, प्रतिवेदन लेखन प्रशिक्षणको समापन समारोहमा उहाँले यस्तो धारणा राख्नु भएको हो । 

यस वडाका महिला सदस्य बबिता श्रेष्ठको सभापतित्वमा भएको  समापन समारोहमा बोल्नुहुँदै उहाँले प्राप्त ज्ञान र गुणको प्रचुर मात्रामा प्रयोग गरी अघि बढ्न तथा वडाको साथ पनि यस्तो कार्यमा सँधै रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

कार्यक्रममा बोल्नु हुँदै वडाका महिला सदस्य बबिता श्रेष्ठले मनको कुरा उचित शैलीमा राख्द नसकेकै कारण पछि परेका महिलाहरुलाई अघि बढाउन यो तालिम आयोजना गरिएको बताउनु भयो । 

कार्यक्रममा मन्तब्य तथा उद्घोषण प्रशिक्षक सुरजवीर बज्राचार्यले लक्ष्य प्राप्तिका लागि अघि बढ्न कदम मात्र चाल्नु पर्ने भन्नुहुँदै १५ दिन अघि असम्भव लागेको कार्यमा सबैले दक्षता हासिल गरेकोमा खुशी ब्यक्त गर्नुभयो । 

करिब तीस जना प्रशिक्षार्थी सहभागी यस प्रशिक्षणको समापन समारोहमा प्रशिक्षार्थीहरुबाटै कार्यक्रम योजना, ब्यवस्थापन, सञ्चालन एवं स्वागत, धन्यवाद मन्तब्यका साथै प्रशिक्षणबाट पुगेको लाभका बारेमा मन्तब्य राखेका थिए । रिले शैलीमा संचालन गरिएको कार्यक्रम श्रृष्टि शाक्य, रश्मी बज्राचार्य, सुमिका बज्राचार्य, रिनु श्रेष्ठ शाक्य, रमिता बज्राचार्य, रश्मिला बज्राचार्य, श्रृष्मा बज्राचार्य, मन्दिरा शाक्यले संचालन गरेका थिए भने स्वागत मन्तब्य शारदा शाक्य र धन्यवाद ज्ञापन करुणा श्रेष्ठले गर्नुभएको हो । समारोहमा वीणा श्रेष्ठ, एऋका शाक्य, रश्ना बज्राचार्य, सुनीता मुल्मी, रोशनी शाक्य, धन महर्जन,  अञ्जना श्रेष्ठ, ज्ञानीशोभा बज्राचार्य, रुजेन शाक्य, सरीता महर्जन, रमिता शाक्य, करुणा बज्राचार्य, मीना शाक्य, सम्पदा शाक्य, रश्मिला बज्राचार्य, सुनीता बज्राचार्य, उषा लाखे, मोतिशोभा बज्राचार्य, शोभा महर्जनले प्रशिक्षण लिँदाको अनुभव मन्तब्य राखेका थिए । 

प्रशिक्षक सुरजवीर बज्राचार्य र सुमित्रा शाक्यलाई कदर पत्र तथा मायाको चिना समेत प्रदान गरिएको सो समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

ललितपुर महानगरपालिका १६ वडाले वडावासीको ब्यक्तित्व विकासका लागि गर्दै आएको विभिन्न कामकै कारण पृथक एवं नमूना वडाका रुपमा उल्लेख हुँदै आएको छ ।

Categorized in उपत्यका