STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

Janjati Khabar – Janjati Khabar | २०८२ आषाढ १०, मंगलबार

काठमाडौं - ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।   

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ। 

नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रर्वर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ।

Categorized in उपत्यका