ललितपुर- २ मा एमालेका प्रेम महर्जन निर्वाचित
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार
ललितपुर - नेकपा एमालेले पनि ललितपुर- २ बाट विजयकाे खाता खाेलेकाे छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।सोमबार राति सम्पन्न मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।
एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । महर्जन निर्वाचित भएकाे औपचारिक घाेषण हुन् बाँकी छ ।
Categorized in उपत्यका

