STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषधसहित तीन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १६, बिहिबार

लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१ वर्षीय भरत गुरुङ र सोही ठाउँका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नंको माइक्रोबसमा सवार श्रीराम कार्कीको साथबाट नोफिन ७५ थान, डाइजेपाम ७५ थान, फेनारगन ७५ थान, नाइट्राजेपाम ४३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, वालिङ–१३ गाहाखोलास्थित झाडीमा शङ्कास्पद अवस्थामा बसेका गुरुङ र मियाँको साथबाट प्रहरीले प्रयोग नभएको सिरिञ्ज पाँच थान, फेनारगन २३ थान, डाइजेपाम २४ थान, नोफिन २२ थानसहित दुबैलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
Categorized in अपराध-दुर्घटना