STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषध नियन्त्रणको प्रयास

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३०, बिहिबार

बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीहरुलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाइँदैन । 
यो जिल्लालाई लागुऔषधमुक्त र दुव्र्यसनीलाई पुनस्र्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमानाकामा चेकजाँचमा कडाइ गर्नाका साथै दुव्र्यसनीहरुका लागि विभिन्न सङ्घसंस्थाले पुनस्र्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । 
यति हुँदा पनि लागुऔषध कारोवार र सेवनकर्ताहरुको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारीहरु बताउँछन् । “बाँके जिल्लामा लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन”, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलको भनाइ छ ।  
चालू आवको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेले ३०० भन्दा बढी लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको प्रहरी उपरीक्षक पौडेल बताउनुहुन्छ । 
नेपालगञ्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनाभन्दा बढी लागुऔषध दुव्र्यसनीको पुनस्र्थापना गरेको छ । हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने युवाहरुलाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ । 
Categorized in अपराध-दुर्घटना