STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो । स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । दुवै जनाले प्रयोग गरेको स३प ७६०८ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना