STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाभग्राहीको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३०, सोमबार

जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो । 
दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोकर्ताको निवेदनका आधारमा क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न प्राविधिक खटाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार को कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो । 
भूकम्पले क्षति पु¥याएको घरको निजी आवास अनुदान लिनबाट छुट भएका वास्तविक पीडितका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुनासोकर्ताको निवेदनलाई वडाको सिफारिसका आधारमा क्षतिग्रस्त घरसम्म पुगेर पुनःसर्वेक्षण तथा पुनःजाँचको कार्यक्रम शुरु गरेको हो । 
भूकम्प गएको चार वर्ष बित्दासमेत वास्तविक भूकम्पपीडितले लाभग्राहीको सूचीमा छुटेको, लाभग्राहीको सूचीमा नपारेको, घर पास नगरिदिएको लगायतका गुनासो गरिरहेका बेला पुनःसर्वेक्षण तथा पुनःजाँचको कार्यक्रम शुरु गरिएको प्राधिकरणले जनाएको छ । आठ हजार ४४३ कूल लाभग्राही रहेकामध्ये हालसम्म आठ हजार ३३१ लाभग्राहीले मात्र अनुदानका लागि सम्झौता गरेको कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय