STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लामखुट्टेबाट जोगिन झूल वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो । 
परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उहाँले बताउनुभयो । 
झूल वितरण गर्दै उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले जनताको सुख–दुःखमा स्थानीय सरकार सदैव साथमा रहेको बताउनुभयो । उहाँले गरीब र विपन्नका लागि उपमहानगरपालिकाले विभिन्न योजना अगाडि सारेको जानकारी पनि दिनुभयो । वडा नं ६ का वडाध्यक्ष नवराज लामिछानेले जनताका स–साना आवश्यकतालाई ख्याल गरेर आफूले योजना बनाएको बताउनुभयो ।  
Categorized in राष्ट्रिय