लियो क्लब अफ काठमाडौं कोहिनुरको सहयोग तनहुँको विद्यालयलाई
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष ९, शुक्रबार
लियो क्लब अफ काठमाडौं कोहिनुर र जापान स्थित पुस्तकालय ए.पि.यु. संस्थाले तनहुँ जिल्लाको रिसिङ्ग स्थित श्री शिव सरस्वति माध्यमिक विद्यालयमा द बुक क्लब नामक एक युवा ग्रुपसँग मिलेर "Building Nations Through Building Libraries" नामक कार्यक्रम अन्तर्गत गत फेब्रुअरीमा स्थापित गरिएको पुस्तकालयलाई द लियो क्लब अफ काठमाडौं कोहिनुर र पुस्तकालय ए.पि.यु. ले यस पटक "Learner's Room: A Path to Wisdom" नामक परियोजना अन्तरगत सो पुस्तकालयलाई पुस्तकहरु र पुस्तकालय सामाग्रीहरु हस्तान्तरण गरेको छ। पुस्तकालय ए.पि.यु. का सह-संस्थापक रासी महर्जन र लियो क्लब अफ काठमाडौं कोहिनुरका अध्यक्ष लियो अभिनव जोशीको नेतृत्वमा गएको टोलीले पुस ५ देखि ८ सम्म तनहुँ गई यस पाली विभिन्न कार्यक्रम मार्फत पुस्तकालय सुधार, जनचेतना जगाउने र विध्यालयका केहि छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान समेत गरेका थिए ।
Learner's Room: A Path to Wisdom नामक परियोजना अन्तर्गत यी दुई संस्थाहरु नेपालका विभिन्न विद्यालयमा पुस्तकालय स्थापना तथा विध्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्न खोजेको कुरा महर्जन र लियो जोशी दुबै भन्छन् । उनीहरुले तनहुँमा स्थापित गरिएको पुस्तकालय हाम्रो पहिलो पुस्तकालय मात्र भन्दै यी संस्थाहरु ले प्रत्येक वर्ष कमसेकम एक पुस्तकालय नेपालको विभिन्न स्थानमा स्थापित गर्न प्रयास गर्ने र यसका लागि सबैबाट सहयोगको अपेक्षा गरेको समेत बताएका छन् ।
स्थापित पुस्तकालयका दिगोपन सुनिश्चित गर्नलाई पुस्तकालय स्थापनासँगै यी दुई संस्थाहरुले स्थापित गरिएका पुस्तकालयहरू सँग सम्बन्ध कायम गर्न प्रत्येक वर्ष एक मुल्यांकन एवं अनुपमान टोली पनि पठाउने कुरा बताएका छन्।
Categorized in राष्ट्रिय

