लेबनानमा ठूलो विष्फोट, कम्तिमा ७० जनाको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार
एजेन्सी – लेबनानको राजधानी बेरुतमा ठूलो विष्फोट भएको छ । विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको जनाइएकाे छ ।
यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।
गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो ।
सामाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले बताएअनुसार गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् । विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।
विष्फोट कसरी भयो भन्ने जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय