लोककवि राजभाई जकःमि जन अभिनन्दनका साथ “नेपाः रत्न पदक”बाट सम्मानित
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर २७, शनिबार
लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनका साथ “नेपाः रत्न पदक” बाट सम्मानित तथा अभिनन्दन गरिएको छ । कार्यकममा जकःमिद्वारा लिखित कीर्तिपुर नगरको पहिचान ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” लोकार्पण पनि गरिएको छ ।
“नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति नेपालको मौलिक पहिचान” नाराका साथ नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा कीर्तिपुर नगरपालिकाको सहकार्यमा साथै विभिन्न संघसंस्थाको सामूहिक सहभागीमा लोककवि राजभाई जकःमिलाई बृहत् जन अभिनन्दन गरिएको हो । उक्त कार्यक्रममा आयोजक संस्था नेपाल कला–संस्कृति उत्थान समाजद्वारा पहिलो पटक अभिनन्दित व्यक्तित्व लोककवि जकःमिलाई नेपालभाषा साहित्य क्षेत्रमा साहित्य सिर्जनामार्फत् गरिरहनु भएको अतुलनीय योगदानको कदर गर्दै “नेपाः रत्न पदक” बाट पनि सम्मानित गरिएको छ । शनिवार कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा लोककवि राजभाई जकःमिलाई वृहत् जन अभिनन्दन कार्यक्रम आयोजक संस्था समाजका अध्यक्ष विजयलाल डंगोलको संयोजकत्वमा सम्पन्न भयो ।
पांगा दोबाटोबाट बाजागाजासहित जन अभिनन्दन र्यालि शुरु भइ शहर परिक्रमा गरी कीर्तिपुर सिनेप्लेक्स हल पुगी जन अभिनन्दन कार्यक्रम सम्पन्न भएको को छ । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथि, विशेष अतिथिमा बागमती प्रदेश सांसद पूर्वमन्त्री पुकार महर्जन तथा कीर्तिपुर नगरपालिकाकी उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनिता सहभागी भए ।
कार्यक्रममा नेपाल कला–संस्कृति उत्थान समाजले अभिनन्दित व्यक्तित्व लोककवि राजभाई जकःमिद्वारा रचित कीर्तिपुर नगरको पहिचान ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” कीर्तिपुर नगरपालिकाको सहकार्यमा लोकार्पण गरिएको छ । कार्यक्रममा अभिनन्दित व्यक्तित्व लोककवि जकःमिद्वारा रचित गीत संगीत ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ, पवित्र कसाः, संगीता शाक्य, सतीशमहर्जन, रिता महर्जन, मथुरा महर्जन, कृष्णमान डंगोल, दीपा महर्जन, रत्नशोभा महर्जनले प्रस्तुत गरिने कार्यक्रम रहेको छ भने लोककवि जकःमिद्वारा रचित “सिंह र खरायो” लोकभाकाको अपेरा पनि काठमाडौं जैसीदेगःस्थित श्री कुमारी माध्यमिक विद्यालयबाट प्रस्तुत गरिएको छ । कार्यक्रममा १२ वडा ह्यूमत टोलस्थित परम्परागत तुकंबहाः ह्यूमत निस्तेनाथ खलः, काठमाडौं कै त्यंगः त्वाः खलः, पांगाको सिकुछेँ धिमे खलः, पांगाकै ध्वाकासि दाफा खलः, पांगाकै पवित्र धाः खलःबाट सांगितिक प्रस्तुति हुने तथा कीर्तिपुरको तालतन्त्र दाफा मुना खलःबाट अभिनन्दित व्यक्तित्व लोककवि राजभाई जकःमिको जीवनीमा आधारित गीत संगीत प्रस्तुत गरिएको छ ।
लोककवि राजभाई जकःमिको वृहत् जन अभिनन्दन कार्यक्रममा आयोजक संस्था नेपाल कला–संस्कृति उत्थान समाजका साथ हलिं नेवाः दबू नेपाः च्याप्टर, नेवाः देय् दबू कीर्तिपुर नगर समिति, ज्यापु महागुथि कीर्तिपुर नगर समिति, तालतन्त्र दाफा मुना खलः कीर्तिपुर, मन्दः फल्चा अमल्सि खलः, पवित्र कुटी विहार पांगा, क्रोध कला फाउण्डेशन ललितपुर, परम्परागत तुकंबहाः ह्यूमत निस्तेनाथ खलः काठमाडौं, प्रतिभा साहित्यिक परिवार कीर्तिपुर, नाति पाकः स्मृति प्रतिष्ठान पांगा, नेवाः सांस्कृतिक प्रतिष्ठान पांगा कीर्तिपुर, त्यंगः त्वाः खलः काठमाडौं, नगां ज्ञानमाला भजन खलः, इन्द्रेणी सांस्कृतिक समाज (इसास) बाट सामूहिक जन अभिनन्दन गरिने तथा कीर्तिपुर नगरपालिकाबाट पनि लोककवि जकःमिलाई विशेष अभिनन्दन गरिएको छ ।
Categorized in साहित्य-कला

