लोडसेडिङ हल्लामात्र : विद्युत प्राधिकरण
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ८, बिहिबार
काठमाडाैं – नेपाल विद्युत प्राधिकरणले बुधवार एक विज्ञप्ती जारी गरी लोडसेडिङ हल्लामात्र भएको जनाएको छ।
प्राधिकरणले बेलाबेलामा विद्युत आपूर्तिमा आउने अवरोधलाई लोडसेडिङसँग नजोड्न अनुरोध पनि गरेको छ।
‘कारणबस बिजुली जाँदा लोडसेडिङ भनिएको हल्लामा सत्यता छैन,’ प्राधिकरणले स्पष्ट पारेको छ। विद्युतको प्रशारण तथा वितरण संरचना जमीन माथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको प्राधिकरणले जनाएको छ।
‘नियमित रुपमा गर्नु पर्ने मर्मत सम्भार तथा प्रणाली सुधार गर्नु पर्दा विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने गर्दछ’ विज्ञप्तीमा उल्लेख छ।
Categorized in राष्ट्रिय