STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लौरो अभियानको प्रतिबद्धता–पत्र सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २०, आइतबार

काठमाडौं - लौरो अभियानले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लौरो अभियानले आफ्नो चुनावी घोषाणापत्र सार्वजनिक गरेको हो ।

अभियानले नेपालको राजनीतिक प्रणालीमा सबै वर्ग, जाजाति, भाषा, लिङ्ग, धर्म, सांस्कृतिक समुदायहरुलाई राज्यको नीति निर्माणमा सहभागी गराउन तथा राजनीतिको मुल प्रवाहमा समावेश गर्न प्रगतिशील लोकतन्त्रको मान्यतालाई आत्मसाथ गरेको बताएको छ । त्यस्तै नेपाली जनतालाई आफ्नो सरकार प्रमुख प्रत्यक्ष मतदानमार्फत चुन्न पाउने अधिकार सुनिश्चित गर्नु आफ्नो प्रमुख ध्येय भएको बताएको छ ।

त्यस्तै राजनीतिक स्थिरता र स्वाधीनताका लागि प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै लौरो अभियानका संयोजक सुमन सायमीले देशको परिस्थिति र जनताको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको बताए ।

उनले लौरो अभियानबाट देशभर २ सय जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दलहरु पनि डराइरहेको दाबी गरे । कलाकार एवं काठमाडौं क्षेत्र नम्बर ५ का लौरो अभियानको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार मधुसुदन पाठकले ‘नो नट अगेन’ बारे सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशले सारा लौरो अभियन्ताहरु खुशी हुनुपर्ने बताए ।

लौरो अभियानले अबको विकास दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष, ५० वर्षको योजना बनाएर अघि बढ्ने, ७ प्रदेशमा ७ वटा चक्रपथ निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर आध्यात्मिक मार्ग बनाउने, मौलिक पहिचान र धार्मिक स्वतन्त्रता सहितको राज्य, सांसद बिहीन कार्यपालिका, निःशुल्क गुणस्तरीय शिक्षा, सामाजिक सुशासनसहितको उन्नतीशील राज्य, पर्यावरणीय सन्तुलन संरक्षण, उत्पादनमुलक अर्थतन्त्र, वैज्ञानिक कर प्रणाली, स्वदेश फर्क अभियान आविष्कार तथा अनुसन्धान केन्द्र स्थापना लगायतका प्रतिबद्धता अघि सारेको छ ।

Categorized in राजनीति