काठमाडौं – लुम्बिनीमा निर्माणाधीन वज्रयान महाविहारलाई काठमाडौं महानगरपालिकाले चार करोड सहयोग गर्ने भएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विश्वका विविध बौद्ध विहार रहेको लुम्बिनीमा नेपालको आफ्नै मौलिक शैलीका विहार ‘वज्रयान महाविहार’को निर्माण भइरहेकोले महानगरपालिकाले यसमा चार करोड २९ लाखबराबरको सहयोग गर्ने बताउनुभयो ।
माघ २५ शनिबार काठमाडौंको नेपाः ब्यांक्वेटमा एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहयोग हस्तान्तरण गर्नुहुने जानकारी उक्त विहार निर्माणका संयोजक डा. नरेश वज्राचार्यले दिनुभयो । महानगरपालिकाले चार करोडबराबरको सहयोगबाट विहारमा मौलिक झ्याल, खापा राखिने जानकारी पनि वज्राचार्यले जनजतिखबरलाई दिनुभयो ।
Categorized in राष्ट्रिय