वडाअध्यक्ष एवं गीतकार शाक्यलाई मातृशोक
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ३०, बिहिबार
ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष एवं नेपालभाषाका ख्यातिप्राप्त गीतकार तथा चलचित्र निर्माता निर्मलरत्न शाक्यलाई मातृशोक परेको छ ।
चलचित्र "एक दिन एक रात " निर्माण गर्नु भएका निर्मलरत्न शाक्यले तीन दर्जन भन्दा बढी गीत रचना गरीसक्नु भएको छभने " ल्ववन " नामक म्युजिक भिडियो संग्रह पनि निकाल्नु भएका शाक्यको आमा धर्मलक्ष्मी शाक्यको ८० वर्षको उमेरमा बुधबार राति निधन भएको हो ।
कोरोना संक्रमणको उपचार गराउने क्रममा उहाँको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको थियो । दमको सामान्य रोगले गर्दा नियमित औषधी सेवन गर्दै आउनुभएका स्वर्गिय शाक्यलाई कोरोना पोजिटिभ भएपछि मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । स्वर्गीय शाक्यको विहीबार साँझ पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
स्वर्गीय शाक्यको छोरी तीन जना र दुई छोरा रहेको छ । वडाअध्यक्ष शाक्य जेठा छोरा हुनुहुन्छ । यसैबीच विभिन्न भाषिक, धार्मिक, संस्कृतिसंग सम्बद्ध संघसंस्थाले शोक वक्तव्य प्रकाशित गरी स्वर्गीय शाक्यप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकूल परिवारप्रति यस दुःखद घडिमा धैर्य धारण गर्न सकूँन भनि समवेदना प्रकट गरेको छ ।
Categorized in व्यक्तित्व

