STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वरिष्ठ कवि वासु शशी र डा. कुमारबहादुर जोशीको शालिक अनावरण

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार

वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह–आयोजनामा कपिलवस्तुको कपिलधाममा आइतबार वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा. कुमारबहादुर जोशीको शालिक अनावरण कार्यक्रम सम्पन्न भयो। परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. रमेश ढकालले वासु शशीको र विशिष्ट अतिथि प्रदेश ३ का प्रदेशसभा सदस्य माननीय नरोत्तम वैद्यले डा. कुमारबहादुर जोशीको शालिक अनावरण गर्नुभयो। सो अवसरमा प्रा. रमेश ढकाल, मा. नरोत्तम वैद्य, गणेश रसिक, लु. वा. प्र. का अध्यक्ष हिमलाल ज्ञवाली, परिषद्का सचिव प्रद्युम्न जोशी, साहित्यकारहरु हिरण्यकुमारी पाठक, श्याम प्रधान, ध्रुव मधिकर्मी, यादव भट्टराई, शङ्कर आचार्य, ऋषि आजाद लगायतले वासु शशी र डा. जोशीको योगदानबारे चर्चा गर्दै कपिलधाममा एकसय एक जना दिवङ्गत स्रष्टाको शालिक स्थापना गर्ने ऐतिहासिक कार्ययोजनाको चर्चा एवम् प्रशंसा गर्नुभयो। कार्यक्रममा वासु शशीकी सुपुत्री नीना जोशी तथा डा. कुमारबहादुर जोशीकी श्रीमती सरस्वती जोशी लगायत विभिन्न स्थानीय स्रष्टाहरूको उपस्थिति रहेकोे थियो।
Categorized in राष्ट्रिय