STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभयो । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उहाँको शोक वक्तव्यमा उल्लेख छ । वरिष्ठ नेता पौडेलले यस दुःखद् घडीमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि शोक वक्तव्य जारी गर्दै भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भट्टराईको ७२ वर्षीया आमा वसुन्धरा भट्टराईको गए राति व्यास नगरपालिका–११ स्थित निवासमा निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका भट्टराईको आज दमौलीस्थित सेतीमादी घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व भट्टराईको तीन छोरा र तीन छोरी हुनुहुन्छ ।
Categorized in राष्ट्रिय