STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वादीले विद्यालय पढ्न पाउनुपर्छ स् प्रमुख जिल्ला अधिकारी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यहाँको सबैभन्दा सीमान्तकृत पछाडि परेका गरीब वादी समुदायको बस्तीमा गएर आफू दलितकै छोरा भएकाले पढेलेखेर ठूलो मान्छे बन्न सकिन्छ भनेर स्कूल पढ्न उत्प्रेणा दिनुभएको छ ।
विपन्न वादी समुदायको दैनिकी, उनीहरुको  अवस्था र समस्याका बारेमा बुझ्न सदरमुकाम चैनपुरकै एक बस्तीमा जानुभएका प्रजिअ सुनारले भन्नुभयो, “मान्छे गरीब हुनका पछाडि केही राज्यको सेवा, सुविधा, पहुँच, अवसर नपाएर पनि हो, तर केही हाम्रो कर्मको फल पनि भएकाले राम्रो कर्म गरे फल मिल्छ ।” 
प्रजिअ सुनारसँगै वादीको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक सूर्य केसी, जयपृथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर विष्टलगायत सहभागी हुनुहुन्थ्यो । जिल्लाको सदरमुकाम नजिकै रहेको विपन्न गरीब वादी बस्तीमा यसरी पहिलोपटक सरकारी टोली आफूहरूको अवस्था बुझ्न आउँदा वादी समुदायले सबैलाई स्वागत गरेको थिए । जिल्लाका अन्य जातजातिसँग वादी समुदाय पनि सयाँै पुस्तादेखि यहाँ बस्दै आएका तर उनीहरुको परिवारमा हालसम्म एकजना पनि सभ्य र सम्मानित नागरिक भएर बाँच्न नसकेको अवस्था जानकारी भएपछि प्रजिअ आफैँ वादी बस्तीमा पुग्नुभएको हो । 
“मैले यी वादीहरुको अवस्था यस्तो दयनीय होला भन्ने सोचेकै थिइनँ”, प्रजिअसुनारले भन्नुभयो, “उनीहरुलाई समाजले विभेद र हेला गरेका कारण पनि वादीहरु गरीब भएका हुन् र यसका साथै उनीहरुमा मदिरा सेवन गर्ने बानी बढी हुँदा पनि उनीहरुको परिवार घर र बस्ती नै  विजोग अवस्था छ ।” तेह्र परिवार घरधुरी रहेको वादी समुदायमा हालसम्म एकजनाले पनि एसएलसी पास गरेको छैन भने रोजगारी पनि केही छैन । वादीहरु अहिलेसम्म मागेर खाने गर्दछन् भने कोही ज्याला मजदूर गर्ने गर्दछन् । 
वादी टोलमा गएका विभिन्न व्यक्तिले वादीलाई शिक्षा क्षेत्रमा लाग्न जोड दिएका थिए । जनता आवास कार्यक्रमबाट घर बनाउन पहल गरेका जनपा–१० का अध्यक्ष विष्टले वादीको विकासका लागि थप रु ५० लाख रकम आएकाले यो रकमबाट वादीको शैक्षिक आवास र स्वरोजगारका लागि सहयोग गरिने बताउनुभयो । वादी टोलमा पुग्नुभएका प्रजिअले रु ६० हजार ऋण तिर्न नसकेर सुरेन्द्र वादीको घरमा स्थानीय साहु लक्ष्मी सुनारले लगाएको ताला हटाउन लगाउनुभयो । उहाँले वादी महिलालाई देहव्यापार छोडेर व्यवसाय गरी खान पनि सुझाव दिनुभयो । 
Categorized in राष्ट्रिय