STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वामदेवले आज नयाँ पार्टी घाेषणा गर्दै

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १४, मंगलबार

काठमाडौं - एमाले छोडेका नेता वामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दैछन् । उनले आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन् । 

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा दिउँसो तीन बजे उनको पत्रकार सम्मेलन हुँदैछ । त्यसअघि उनकाे सचिवालयले नयाँ पार्टीमा रहने नेताहरूकाे सूची सार्वजनिक गरेकाे छ । जसमा विभिन्न जिल्लाका नेताहरूकाे नाम केन्द्रीय सदस्यका रूपमा उल्लेख छ ।

वामदेवले केही समयअघि नेकपा एमाले छोडेको घोषणा गर्दै एकीकृत समाजवादी वा अरु कुनै पार्टीमा पनि प्रवेश नगर्ने बताएका थिए । 

माओवादी केन्द्र र एमालेबीच एकतापछि बनेकाे नेपाल कम्युनिष्ट पार्टीमा उनी वरिष्ठ उपाध्यक्ष थिए । तर नेकपासँगै एमाले पनि विभाजन भएपछि उनले वाम एकता जाेगाउने भन्दै अभियान चलाएका थिए । 

केही दिनअघि उक्त अभियानकाे राष्ट्रिय भेला भएकाे थियाे । वामदेव गत प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका थिए । तत्कालीन नेकपा सरकारले उनलाई राष्ट्रियसभा सदस्य बनाएकाे थियाे । 

Categorized in राजनीति