STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ ः मन्त्री सुवेदी

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २०, सोमबार

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताउनुभएको छ । जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै उहाँले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी हुँदैन, नागरिकले सचेत हुनु जरुरी छ ।” प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको छ ।
Categorized in राष्ट्रिय