STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’ प्रयोग

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताउनुभयो । “सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले पहिलो पटक सामुदायिक विद्यालयमा ‘स्मार्ट बुक’को प्रयोग गरेका छौँ”, वडाध्यक्ष काफ्लेले भन्नुभयो, “आशा छ स–साना बालबालिकाको क्षमता अभिवृद्धि गर्नमा सघाउ पुग्नेछ भने सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकहरु पनि आकर्षित हुनुहुनेछ ।” ‘स्मार्ट बुक’को प्रयोगले नर्सरीदेखि केजीसम्मका विद्यार्थी बढी लाभान्वित हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । “यो प्रविधिमार्फत स–साना बालबालिकामा खेल्दै सिक्ने संस्कृतिको विकास हुन्छ”, प्रधानाध्यापक रेग्मीले भन्नुभयो, “बालबालिकाको सुनाइ र बोलाइ विकासका लागि यसबाट महत्वपूर्ण सहयोग पुग्ने मैले विश्वास लिएको छु ।” विद्यार्थीमा पढ्ने सीप विकास गराउन र सुनाइका आधारमा लेख्नसक्ने बनाउन यसमा नेपाली र अङ्ग्रेजी दुवै भाषाका विभिन्न पाठ्यपुस्तक समावेश गरिएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो । यो प्रविधिमार्फत विद्यार्थीलाई बुझाउन, सम्झाउन र पढेको कुरा लामो समयसम्म स्मरण गराउन सहज हुने क्रियटिभ एडुटेन्मेन्ट वल्र्ड प्रालि गण्डकी प्रदेशका व्यवस्थापक वासुदेव सुवेदीले बताउनुभयो । उहाँका अनुसार हिज्जे गल्ती भएमा वा उच्चारणको समस्या समाधान गर्नका लागि पनि शिक्षक तथा विद्यार्थीलाई सहज हुनेछ ।
Categorized in राष्ट्रिय