STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यार्थी मृत्यु प्रकरण ः प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार

कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि असार २४ गते राति उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध मुद्दा दर्ता भएको बताउनुभयो । “मुद्दा दर्तापछि म्याद थप गरेर हामी आवश्यक प्रमाण सङ्कलनमा जुटेका छौँ”, प्रहरी निरीक्षक भट्टले भन्नुभयो, “प्रहरी सूक्ष्म रुपमा घटनाको अनुसन्धान गर्दैछ ।” प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उहाँले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय