STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालयमा पनि जेठदेखि दुई दिन विदा हुने

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २८, बुधबार

काठमाडौं - जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय शैक्षिक संस्थामा पनि कार्यान्वयन हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले वार्षिक विदा कटौति गरेर हप्तामा दुई दिन विदा दिने निर्णय भएको बताए। ‘आइतबार पनि विदा गर्दा नपुग हुने समयमा शुक्रबार तीन घण्टा थप पढाउनुपर्ने हुन्छ। नपुग हुने दिन हिउँदे वा वर्षे विदा हुन्छ ४५ दिन लगातार विदा हुन्थ्यो। घटस्थापनादेखि तिहारसम्म पूरै विदा हुन्थ्यो। ती विदाहरुबाट कटौति गरेर बाँकी दिन पूरा गर्नुपर्छ,’ शर्माले अन्नपूर्णसँग भने।

मन्त्रिपरिषद्को वैशाख १४ गते बसेको बैठकले शनिबार र आइतबार गरी दुई दिन विदा दिने निर्णय गरेको थियो। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्णय कार्यान्वयन गर्न विद्यालयहरुलाई परिपत्र गरेको छ।

विद्यालयहरुले साविक बमोजिम नै विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने छ। शुक्रबार दिनको १ बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्नुपर्ने छ। राष्ट्रिय पाठयक्रम प्रारुप-२०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठयघन्टा र कार्यघन्टामा नघट्ने गरी पठनपाठनका कार्यहरु सञ्चालन गर्नका लागि आइतबार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने निर्णय गरेको छ।

Categorized in शिक्षा