STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालयलाई ल्यापटप वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । 
सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । 
दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, ज्ञानोदय मावि मौवाफाँटलाई दुई र रघुगङ्गा मावि पिप्लेलाई दुई थान ल्यापटप उपलब्ध गराएको हो । 
भगवतीको मुक्तिधाम माविमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई ल्यापटप वितरण गर्नुभएको थियो । 
बेनीको प्रकाश माविलाई चार र म्याग्दी सामुदायिक पुस्तकालयलाई एक थान ल्यापटप उपलब्ध गराइने मन्त्री थापाका स्वकीय अधिकृत हस्तकुमार थापाले जानकारी दिनुभयो । 
यसैगरी मन्त्री थापाले बिहीबार नै भगवतीमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै सामाजिक रुपान्तरणका लागि महिलाको आर्थिक सशक्तीकरणमा सरकारले जोड दिएको बताउनुभयो । 
 
“महिला आयआर्जनको माध्यमबाट आर्थिक रुपमा सक्षम बन्न आवश्यक छ,” थापाले भन्नुभयो, “त्यसका लागि सरकारले पिछडिएका महिलाहरुको आयआर्जन सुधारमा जोड दिएर बजेट, नीति तथा कार्यक्रम ल्याएको छ ।”
 भौगोलिक रुपमा दुर्गम, विकट र पिछडिएका क्षेत्रका विपन्न समुदायका गर्भवतीहरुलाई सुरक्षित प्रसूति सेवाका लागि हेलिकप्टरबाट उद्धारको व्यवस्थासमेत मिलाएको उहाँले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय