STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युतीय नागरिक बडापत्र सञ्चालनमा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायतका सूचना राखिएका छन् ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विद्युतीय नागरिक वडापत्रको उद्घाटन गर्दै कुनै कुरा बुझ्नका लागि नागरिकले फाँटफाँटमा गएर सोध्नुपर्ने बाध्यताको विद्युतीय नागरिक वडापत्रले अन्त्य गर्ने बताउनुभयो । ‘‘सूचनाको हक नागरिकको मौलिक हक हो’’, प्रमुख वडले भन्नुभयो, ‘‘हरेक नागरिकले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने कामका बारेमा विद्युतीय नागरिक वडापत्रबाट थाहा पाउनेछन् ।’’ 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले विद्युतीय नागरिक वडापत्र सुचारु भएसँगै यसले प्रहरी कार्यालयका कामलाई खुला र पारदर्शी बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय