विनियोजन विधेयक बहुमतले पारित
Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ४, सोमबार
अर्थमन्त्री जनार्दन शर्माले २६ भदौमा संसदमा पेस गरेको विनियोजन विधेयक पास भएको छ । योसँगै ३० भदौदेखि खर्चबिहीन भएको सरकारले प्रतिस्थापन विधेयकअनुसार खर्च गर्ने अधिकार पाएको छ ।
प्रमुख प्रतिपक्ष दलको एमालेको अवरोधकाबीच सोमबारको संसद बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।
२५ भदौमा १५ जेठमा ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले संसदमा १६ खर्ब ३२ अर्बको बजेट पेस गरेका थिए ।
मन्त्रालयगत बजेट छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए । उनले उठाएका प्रश्नको जवाफ दिएसँगै सभामुख अग्नि सापकोटाले जवाफमा चित्त नबुझेमा स्पष्टीकरण माग गरेकोमा सांसद सुवालले स्पष्टीकरण माग गरेका थिए ।
सुवालको खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले खर्च कटौतीको प्रस्ताव फिर्ता नलिएपछि खर्च कटौतीको प्रस्ताव निणार्याथ प्रस्तुत गरिएकोमा बहुमतले अस्वीकृत भएको थियो ।
Categorized in राजनीति

