STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १७, आइतबार

अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन सार्बजनिक भएको छ । हिजो अर्थात कार्तिक १६ गते एक समारोहका बीच गीत संगीतका बिशिष्ट ब्याक्तित्त्वहरु तथा अन्य धेरै कलाकार र कलाप्रेमी हरुको उपस्थितिमा उक्त मनोनयन सार्बजनिक गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसन को आयोजनामा राजधानी काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको उक्त कार्यक्रममा देशकै चिरपरिचित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने गीत संगीत र पत्रकारिता मार्फत नेपालि गीत संगीतमा उल्लेखनिय योगदान पुर्याए बापत बरिष्ठ गायक दिपक खरेल लाइ नगद रु ५०००१ सहितको बिन्ध्यबासिनी सङ्गीत साधना सम्मान २०७६, द्वारा सम्मान गरिएको थियो यस्तै लोकप्रिय संगीतकार हरि लम्साल लाइ नगद रु २५००० सहितको विन्ध्यवासिनी सङ्गीत रत्न सम्मान २०७६, द्वारा सम्मान गरिएको थियो भने संचारकर्मी दीपेन्द्र श्रेष्ठ लाइ नगद रु १५००० सहितको बिन्ध्यबासिनी गीत सङ्गीत पत्रकारिता सम्मान २०७६ द्वारा सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा विन्ध्यवासिनी फाउन्डेसनका नया आजीवन सदस्यहरुलाई सम्मान तथा स्वागत पनि गरिएको थियो । सो समारोह मा सोही फाउण्डेशनका अध्यक्ष लिना शर्मा रेग्मीले स्वागत मन्तव्य राख्ने क्रममा नेपालको गीतसंगीतको उत्थान नै आफ्नो जीवनको प्रमुख लक्ष्य रहेको कुरा राखेकि थिइन् ।
Categorized in सिनेमा