विप्लव समूह र प्रहरी बिच गोली हानाहान
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार
संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्लाम प्रहरी र विप्लव समूहका कार्यकर्ता हरु बिच
दोहोरो गोली हानाहान भएको छ । गस्तीमा रहेका प्रहरी र विप्लव बिच सोमबार विहान भिडन्त भएको जानकारी
प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले बताउनु भएको छ । विप्लव समूहको गतिविधि बढेको जानकारी
पाए पछि प्रहरी गस्ती हिडेको थियो । त्यहाँ करिब २९ जनाको समूहमा विप्लव कार्यकर्ता रहेको र प्रहरी लाई नै
फायरिङ भएपछि भिडन्त भएको हो । घटनास्थल को जानकारी आउन बाकिँ रहेको छ ।
Categorized in अपराध-दुर्घटना