STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

नारी साहित्यकारहरुको संस्था आँचल साहित्यकला पुञ्जले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । संस्थाले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौँकी समाचालोक÷कवि डा विन्दु शर्मा, प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ बाट तनहुँकी प्रभा भट्टराई, ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७६ बाट मकवानपुरका अग्रज पत्रकार नवराज शर्मा, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ बाट ललितपुर इमाडोल निवासी कथाकार÷बालकथाकार÷कवि ललिता दोषी तथा अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ बाट मकवानपुर जिल्लामा रही साहित्यको क्षेत्रमा लामो इतिहास बनाएका आरसी रिजाललाई सम्मान गर्ने सो संस्थाले जनाएको छ । समाजसेवी हरिवंश भेटवालले आफ्ना मातापिताको नाममा स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान रु १० हजार एक राशिको छ । त्यस्तै, आँचल साहित्य कलापुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कारको राशी रु १० हजार एक रहेको छ । आँचल साहित्य कलापुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्व अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुरा÷बुबाको नाममा स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मानको राशि रु पाँच हजार ५५५ रहेको छ । साहित्यकार रुकु कार्कीलगायत उहाँको बहिनी प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रेतीले आफ्ना स्व पिता तथा माताद्वयको नाममा स्थापना गरेको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ । त्यसैगरी स्व अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सिनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मानको राशि रु १५ हजार एक रहेको छ । आँचल साहित्य कलापुञ्जको वार्षिकोत्सवको अवसरमा आगामी मङ्सिर २१ गते विशेष साहित्यिक कार्यक्रमका बीच सो सम्मान तथा पुरस्कार प्रदान गरिने आँचल साहित्य कलापुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय